इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्याचेस्टर युनाइटेडले जित हात पारेको छ । उसले घरेलु टोली साउथह्यामटनविरुद्ध १–० को कठिन जित हात पारेको हो ।
सेन्ट मेरिज स्टेडियममा खेलको ५५औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गरेको एम मात्र गोल युनाइटेलाई जित दिलाउन प्रर्याप्त बन्यो । उसनले डिओगो डालोटको पासलाई सुदुपयोग गरेका थिए ।
यही खेलमार्फत ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले युनाइटेडका लागि डेब्यु गरेका छन् । यही सिजन स्पेनिस क्लब रियल मड्रिडबाट ओल्ड ट्राफोर्ड भित्रिएका उनी ८०औँ मिनेटमा एन्थोनी एलंगाको स्थानमा मैदान छिरेका थिए ।
यो जितसँगै चार खेलमा ६ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा रहँदा पराजित साउथह्यामटन समान खेलमा चार अंकका साथ १३औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।