प्रिमियर लिग लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले जित हात पारेको छ । उसले घरेलु मैदान एनफिल्डमा बर्नमाउथविरुद्व ९–० को फराकिलो जित हात पारेको हो ।

खेलको तेस्रो  मिनेटमा लुईस डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । छैटौँ मिनेटमा हार्वे इलियटले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

२८औँ मिनेटमा ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्ड र ३१औँ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरेपछि लिभपुल ४–० ले अघि बढ्यो । ४५औँ मिनेट भर्गिल भान डाइकले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा ५–० को आरादायी अग्रता लियो। 

४६औँ मिनेटमा क्रिस मेपहमले गोल गर्दा लिभरपुल ६–० ले अघि बढ्यो । ६२औँ मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ७–० को अग्रता दिलाए ।

८०औँ मिनेटमा फाबियो कार्भाल्होले लिभरपुलका लागि आठौँ गोल गरे । ८५औँ  मिनेटमा डियाजले व्यक्तिग दोस्रो गोल गर्दै घरेलु टोलीलाई ९–० को फराकिलो जित दिलाए ।

जितसँगै चार खेलमा पाँच अंक जोडेको लिभरपुल आठौँ स्थानमा रहँदा पराजित बर्नमाउथ समान खेलबाट तीन अंकका साथ १६औँ स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–२ तथा ब्राइटनले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दा एभर्टनले ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेल्यो ।



  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार २१:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया