राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ । 

त्यस्तै, राष्ट्रियसभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५', 'पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६', 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६' सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको 'सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६' लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  योगमाया आयुर्वेधिक विश्वविद्यालय विधेयक २०७९ माथि प्रतिनिधि सभामा संशोधन भएको उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । 

यस्तो छ सम्भावित कार्यसूची :





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ६:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया