एकीकृत समाजवादी खोटाङबाट प्रतिनिधिसभा निर्वाचनका लागि राजन राई सिफारिस

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश–१ का सामाजिक विकास मन्त्री एवं पोलिटब्यूरो सदस्य राईको एक मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगिता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । 

यस्तै, प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ ।   





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ११:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया