देशलाई गरिबी र अभावबाट मुक्त गर्न असल नागरिक उत्पादन गर्नुपर्छ : माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । 

उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले सबै नागरिकलाई सीप तथा तालिम दिनुपर्ने पनि बताए । 

अध्यक्ष नेपालले अनुशासित र मिहिनेती नागरिक भएका देशहरू मात्रै विकासमा अगाडि बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताए । 

'नेपाललाई प्रगतिको बाटोमा लिएर जान र गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न असल नागरिक उत्पादन गर्नुपर्छ । त्यसका निम्ति शिक्षा प्रणाली ठीक हुनुपर्छ,' उनले भने,  'सबै नागरिकलाई हामीले सीपको तालिम दिनुपर्छ । यस अर्थमा हामी प्राविधिक र व्यावसायिक शिक्षालाई पनि धेरै जोड दिन चाहन्छौँ । महत्त्व दिन चाहन्छौँ ।’

उनले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयमा बिस्तार गर्न अनुरोध गरे । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १६:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया