कांग्रेस नेताका नाममा स्थापित अस्पतालबारे जवाफ दिन सरकारलाई राष्ट्रिय सभाकाे निर्देशन

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली कांग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।  

राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकमा उनले सो निर्देशन गरेको हो । नेपाली कांग्रेसले आफ्ना शीर्ष नेता स्व. गिरिजाप्रसाद कोइराला र स्व. सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएको छ । 
 
बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको बताए । उनले एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी चिकित्साशास्त्र अध्ययनका अनुमति दिइसकेको अवस्था रहेको चर्चा गर्दै अगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्ने बताए । 

राष्ट्रिय सभा विपक्षी दलका नेता नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १५:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया