काठमाडौं– आइसिसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको छ । तीन एकदिवसीय सिरिज जित्न नेपालले २५५ रनको चुनौती पाएको छ ।
सुरुवात खराब गरेको युएईले ४७ रन जोड्दा ४ विकेट गुमाइसके पनि मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे । युएईको स्कोर १४५ रन हुँदा पाँचौँ विकेटका रुपमा रिवाजलाई करण केसीले ४५ रनमा आउट गरे । सातौँ नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि युएईले राम्रो स्कोर बनायो ।
दुवैले छैटौँ विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए । आक्रमक ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।
कप्तान पारस खड्का र करण केसीले नेपालका लागि दुई–दुई विकेट लिएका थिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।