माओवादीले फिर्ता बोलाएका कर्णालीका दुई मन्त्रीले दिए राजीनामा
फरकधार / १२ भदौ, २०७९

कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। नेकपा माओवादीबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका हुन्।



मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैजनाको राजीनामा स्वीकृत गरिसकेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। यी दुईजना मन्त्रीलाई नेकपा माओवादी केन्द्रले गएको शुक्रबार फिर्ता हुन भनेको थियो। आफ्नो मन्त्री बन्न बाँकी रहेका दुईजना सांसदलाई मन्त्री बन्ने पालो पुर्‍याउन माओवादीले उनीहरूलाई राजीनामा दिन लगाएको हो।

अब उनीहरूको ठाउँमा जाजरकोटकी सांसद कृष्णा शाह र रूकुम पश्चिमका सांसद रातो कामीलाई माओवादीले मन्त्रीमा सिफारिस गर्दै छ। सोमबार उनीहरूलाई मुख्यमन्त्री शाहीले नियुक्त गर्नेछन्। मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार नै उनीहरूलाई शपथ ग्रहण गराइनेछ।



कर्णाली प्रदेशसभामा रहेका माओवादीका ११ जना सांसदहरूलाई नै मन्त्री बन्ने पालो पुगेको छ। १३ जना सांसदमध्ये दुई जना धर्मराज रेग्मी (दैलेख) र ठम्मर विष्ट (सुर्खेत) माओवादी छोडेर एमालेमा गएका छन्।



  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १९:५१:४९,   अन्तिम अपडेट : भदौ १२, २०७९ आइतबार २०:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया