अवैध संरचना भत्काएर सडक फराकिलो बनाउने तयारीमा हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिकाले अवैध ढंगबाट सडक मिचेर बनाइएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । 

सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिँड्ने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडा बजारको त्यस्ता अवैध संरचना खाली गर्न निर्देशन दिन लागेको हो ।  

उपमहानगरपालिकाले केही दिनमा नै ३५ दिनको सूचना प्रकाशन गरेर त्यस्ता संरचनालाई आफैँ हटाउन निर्देशन दिने तयारी गरेको हेटौँडा  उपमहानगरपालिकाकी मेयर मीना लामाले बताइन् ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार २१:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया