प्रिमियर लिगमा केन चम्किँदा टोटेनहम विजयी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा टोटेनहम विजयी भएको छ । ऊ घरेलु टोली नटिङ्घम फरेस्टविरुद्ध २–० ले विजयी भएको हो ।

सिटी ग्राउन्डमा टोटेनहमलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा केन पेनाल्टीमा चुक्दा टोटेनहमले अग्रता दोब्बर बनाउने अवसर गुमायो । उनको प्रहारलाई फरेस्टका गोलरक्षक डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरेका थिए ।

८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यो जितसँग चार खेलमा १० अंक जोडेको टोटेनहम तेस्रो स्थानमा रहँदा पराजित फरेस्टसमान खेलबाट चार अंकका साथ १४ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा वेस्टह्याम युनाइटेडले एस्टन भिल्लालाई १–० ले हराउँदा उल्भ्सले न्युकासल युनाइटेडसँग १–१ को बराबरी खेलेको छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ७:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया