‘एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधवसँग मिलेर जाने सम्भावना खारेज गर्‍यो’

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिलेर जाने सम्भावना सकिएको बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केन्द्रीय कमिटी बैठकले प्रचण्ड र माधव नेपालसँग चुनावी तालमेलबारे सम्भावना खारेज गरेको दाबी गरेका हुन् । थापाले प्रचण्ड र माधव नेपालले एमालेसँग मिल्ने धम्की दिँदै कांग्रेससँग सिटको बार्गेनिङ गरिरहेको जनाएका छन् ।  

‘नेकपा एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समूहसँग आम निर्वाचनमा मिलेर जाने सम्भावनालाई खारेज गरेको छ । यी दुई गुटले काङ्ग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो । तरबार लिएर काट्न हिँडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन,’ थापाले लेखेका छन् ।   





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ९:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया