अमेरिकामा एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा तीन जनाको मृत्यु
फाइल तस्बिर

अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् । 

उनीहरूको शरिरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए । आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए । 

गोली लागेर तीन जनाको मृत्यु भएको छ । संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । ‘ती व्यक्तिले जथाभावी गोली हानेका थिए’, ह्वाइटले भने । 

‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे उनले भने । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ९:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया