डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राख्दै २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा खराबी आएको छ । उनको उपचारमा संलग्न चिकित्सक टोलीले यो जानकारी दिएको हो । डा. केसीले आफ्नो छाती दुख्न थालेको जानकारी चिकित्सकलाई दिएका छन् । 

डा. केसीको उपचारमा संलग्न टोलीलाई उद्धृत गर्दै डा. सुमित पाण्डेले फरकधारसँग भने, ‘उनको मुटुको चाल बढेसँगै छाती दुख्न सुरु भएको छ । शरीरका मांसपेसीमा रगतको मात्र नपुग्नाले हुन्छ । हृदयाघात हुने वेलामा दुख्ने लक्षण जस्तै हो यो पनि । यस्तो हँदा जुनसुकै वेलामा पनि मुटुको चाल कम या बढी हुन सक्छ ।’

इलामबाट १६औँ पटकको अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो । अहिले उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । 
 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १७:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया