धनुषामा जसपाले छान्यो उम्मेदवार, कुन क्षेत्रबाट को सिफारिस ?

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरू तयारीमा जुटेका छन् । यसैबीच आसन्न निर्वाचनको तयारी स्वरूप जनता समाजवादी पार्टी नेपालले धनुषाका चारवटै निर्वाचन क्षेत्रका लागि आफ्नो दलबाट उम्मेदवार चयन गरेको हो । 

जसअनुसार प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का लागि दीपक कार्कीको एकल नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर–२ का लागि बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देव कृष्ण मण्डल र राम शंकर पासवानको नाम छनोट गरिएको छ । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ तर्फ प्रतिनिधिसभाका लागि लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरलगायत चारजनाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर–४ का लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ । 

त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोको नाम सिफारिस गरिएको छ भने १ को ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनोट गरिएको छ ।

त्यस्तै, क्षेत्र नम्बर २ को ‘क’ तर्फ शैलेन्द्रप्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलगायत चार जनाको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभातर्फ क्षेत्र नम्बर–३ को ‘क’ का लागि अशोक कुमार यादव, प्रेमचन्द्र झा, जितेन्द्र कुमार यादवको नाम सिफारिस गरिएको छ भने ३ ‘ख’ का लागि प्रदेशसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ को ‘क’ बाट शेषनारायण यादव, बजरंगकुमार यादव, हरिनारायण यादव, बृजकुमार यादव र ज्ञानेन्द्रकुमार यादवलगायत पाँच जनाको नाम सिफारिस गरिएको छ ।



४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोको नाम सिफारिस गरिएको छ । त्यस्तै, समानुपातिक प्रतिनिधिसभातर्फ बिन्देश्वर यादव, मो. साबिर राइन, प्रमिला दाससहित ६ जना र प्रदेश समानुपातिकतर्फ उर्मिला साह, घनश्याम यादव, चमेली देवी दास र सुनिता महरासहित १४ जनाको नाम सिफारिस गरिएको बताइएको छ । 



  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १४:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया