पारसलाई हृदयघात भएपछि कोमल गाडीबाट काठमाडौं हिँडिन्, ज्ञानेन्द्र भोलि आउने

काठमाडौं– झापासम्मको यात्राका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह काठमाडौं फर्किने भएका छन् । उनीहरु पूर्वी तराईको यात्रामा निस्किएका थिए । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएर अस्पताल भर्ना गरेपछि उनी फर्किने भएका हुन् । 

पूर्वरानी कोमल शाह सोमबार साँझ नै गाडीबाट काठमाडौं आइरहेकी छिन् । पूर्वराजा ज्ञानेन्द्र शाह भने भोलि सिमराबाट विमानमा काठमाडौं आउने तय भएको छ । 

आइतबारमात्र कोमल र ज्ञानेन्द्र भ्रमणमा निस्किएका थिए । एक महिने भ्रमण कार्यक्रम तय गरेर उनीहरु काठमाडौंबाट निस्किएका थिए । 

सोमबार दिउँसो अचानक मुटुमा समस्या भएपछि पारस शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । 

अस्पतालमा पारस शाहको एन्जियोप्लास्टी गरिएको अस्पताल स्रोतले जनाएको छ । उनको मुटुका दुबै भल्ब बन्द भएको थियो । अस्पतालका अनुसार पारसको अवस्था स्थिर छ तर उनी खतरामुक्त भने छैनन् । 

पारस पत्नी हिमानी थाइल्यान्डमा छिन् । स्रोत अनुसार हिमानी पनि आफ्नो भ्रमण छोट्ट्याएर भोलि वा पर्सीसम्म काठमाडौं आउने तयारीमा छिन् । 



पारसलाई हृदयघात भएको यो तेस्रो पटक हो ।
 




  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १८:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया