निर्वाचनमा तालमेल गरेर जान एमाले सदैव खुला छ : शंकर पोख्रेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताएका हुन् । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । 

राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटक–पटक दोहोर्याए । उनले भने, ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ, हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ ।’

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अतिरञ्जना मात्रै भएको टिप्पणी गर्दै उनले सो विधेयक राष्ट्रपतिकहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे । 

महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुपरेको बताए । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उनले बताए । 

आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढ्ने रणनीति तय गरेको महासचिव पोखरेलले बताए । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १७:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया