टी-२० विश्वकपको ट्रफी आज सगरमाथा आधार शिविरमा, भोलि भक्तपुरमा

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ । विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले जानकारी दिए ।  

उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ । क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन् ।

‘ट्रफी टुर’अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो। टी–२० विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो । टी–२० विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो । 

गत जुलाईमा अस्ट्रेलियाको मेलवर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो ।   





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ९:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया