काभानी स्पेनिस क्लब भ्यालेन्सियामा अनुबन्ध

स्पेनिस क्लब भ्यालेन्सियाले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी अनुबन्ध गरेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

भ्यालेन्सियाले काभानीलाई २ वर्षको सम्झौतामा अनुबन्ध गरेको जनाएको छ । ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ओल्ड ट्राफोर्ड भित्रिएका थिए । 

गत सिजनको अन्त्यसँगै उनको सम्झौता सकिएको थियो । युनाइटेडमा दुई सिजन बिताउँदा उनले ४१ प्रिमियर लिग खेलमा १२ गोल गरेका थिए । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १३:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया