सेयर कारोबारमा सामान्य सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार वृद्धि हुँदै नेप्से १९ सय ९५ मा अड्किएको छ ।
मंगलबार कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज २० हजार आठ सय ५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।