कक्षा १२ को परीक्षाफल आउन केही दिन लाग्ने

कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काम भइरहेको जनाएके छ । 

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले केही दिनमै नतिजा सार्वजनिक गरिने पनि बताए । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।

गत जेठ १६ देखि २४ गतेसम्म देशभर कक्षा १२ को परीक्षा भएको थियो । सोको नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया