कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंले ४० खेलाडीबाट १० जना घटाए

राष्ट्रिय फुटबल टाेलीका कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक प्रशिक्षणमा रहेका ४० खेलाडीमध्येबाट १० जना घटाएका छन् ।

प्रशिक्षक हुमागाईंले मंगलबार डिफेण्डरहरु देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठलाई टिमबाट बाहिर राखेका हुन् ।

त्यस्तै, यसअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हुँदा नियमित टिममा परिरहेका डिफेण्डर गौतम र मिडफिल्डर पुजन उपरकोटी पनि अहिले टिममा पर्न सकेनन् । मिडफिल्डरहरु राजन गुरुङ र सुवास गुरुङ तथा स्ट्राइकरद्वय जर्जप्रिन्स कार्की र आशिष चापागाईं पनि टिमबाट बाहिरिएका छन् । 

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । प्रशिक्षक हुमागाईंले बंगलादेशसँग खेल्ने अन्तिम टोलीको घोषणा गर्न बाँकी छ ।

प्रशिक्षणमा रहने नेपाली टिमप्रशिक्षणमा रहने नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विकोश कुथु र दीप कार्की



डिफेण्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रन्जित धिमाल ।

मिडफिल्डर : तेज तामाङ, शेषेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरजज्यू ठकुरी, सुनील वल, आयुश घलान, सुजन श्रेष्ठ, आभाश लामिछाने, सुदीप गुरुङ, सन्जोग राई र अन्जन विष्ट



फरवार्ड : विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ


 

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया