यसपटक मलाई चुनाव हार्ने छुट छैन : विश्वप्रकाश शर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई यसपटक चुनाव हार्ने छुट नभएको बताएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

यसपटक झापा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारी गरेका शर्माले आफूले तेस्रो पटकको ट्रायल पास गर्ने दाबीसमेत गरे ।

अघिल्लो निर्वाचनमा जुन पार्टी जहाँबाट जितेको थियो, सोही ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भइनसकेको उनको भनाइ छ । 

‘निर्वाचनमा उम्मेदवार बन्ने विषय आन्तरिक छलफलमै छ । त्यसबारे गठबन्धनमा पनि कुरा भइरहेको छ’ उनले भने । निर्वाचनमा उठ्न पाए झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनेसमेत शर्माले बताए ।

यसअघि सोही स्थानमा दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइराला र २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका नेता राम कार्कीसँग उनी पराजित भएका थिए ।
 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २०:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया