केही दिनअघि तिजको दर पार्टीमा एउटा डान्स स्टेपका कारण विवाद र चर्चामा आएकी अभिनेत्री एलिजा गौतम मंगलबार अर्को कारणले फेरि चर्चामा आएकी छिन् । हरितालिका तिजको दिन उनले पति ऋषि धमलाको गोडाको जल खाएको तस्बिर फेसबुकमा राखेकी छिन् ।
हिन्दी गीतमा ‘अश्लील’ नृत्य देखाएको आरोप खेपेकी धमला पत्नी एलिजाले तिजको दिन पतिको गोडको जल खानुलाई अधिकांशले ‘हिन्दू संस्कार देखाएको’ भनेर प्रशंसा गरेका छन् । केहीले २१औँ शताब्दीमा पनि रुढीवादी संस्कार अगालेको भनेर केहीले आलोचना पनि गरेका छन् ।
त्यसो त एलिजाले ऋषिको गोडाको पानी खाएको यो तस्बिर यही वर्षको भने होइन । उनले ०७६ सालको तिजमा पति ऋषिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसबेला पनि उनको धेरै टीका–टिप्पणी भएको थियो ।
साउनले सोही तस्बिर तिजको दिनको अवसर पारेर पुनः पोस्ट गरेकी हुन् । डान्स स्टेपका कारण आलोचना खेपेकी गौतमले पुरानो तस्बिर सेयर गर्नुलाई कतिपयले संस्कारी देखिन गरिएको स्टन्टका रुपमा लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।