रवीन्द्र मिश्रले भने- ‘प्रकाश’ फिल्म हेरेर पहिलोपटक रोएँ

रविन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन् । आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन् ।

'आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौं। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो!' उनले भनेका छन् ।

काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गरेका छन् । सिनेमाका दृष्यले आफ्नो भावनासँग जोडिएको उनको भनाइ छ । उनले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन् ।

'शहरमा हुर्केका-बढेका, कर्णाली (र सुदूरपश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछु' उनले भनेका छन् ।

 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २०:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया