निर्मलाकाे भजाइनल स्वाबसँग आमाकाे डिएनए मिल्छ: प्रहरी

काठमाडाैं– बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे भजाइनल स्वाब र उनकी आमा दुर्गादेवीकाे डिएनए मिल्ने प्रहरीले जनाएकाे छ । 

यसअघि अनुसन्धानमा प्रयाेग भएकाे निर्मलाकाे भजाइनल स्वाबकाे डिएनए माथि नै प्रश्न उठेपछि उनकी आमा दुर्गादेवीले डिएनए टेस्ट गराउन २५ पुसमा रगत दिएकी थिइन् ।

उनले रगत दिए पनि अहिलेसम्म त्यसबारे रिपाेर्ट बाहिर आएकाे थिएन । तर, मानवअधिकार आयाेगले पनि निर्मलाकाे भजाइनल स्वाबमाथि प्रश्न उठाएपछि प्रहरीले दुर्गादेवीकाे डिएनए निर्मलाकाे भजाइनल स्वाबकाे डिएनएसँग मिलेकाे बताएकाे हाे । 

 

निर्मलाको शवबाट गरिएको ‘भजाइनल स्वाब संकलन’ नै त्रुटिपूर्ण भएको राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको थियाे । आयाेगले सरकारलाई बुझाएकाे प्रतिवेदनअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको थियाे, जुन त्रुटिपूर्ण छ ।

‘यसरी संकलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउनेजस्ता समस्या पाइयो,’ समितिको प्रतिवेदनमा प्रतिवेदनमा उल्लेख छ, ‘मूलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’



डिएनए टेस्टबाट अपराधी पत्ता लाग्ने सम्भावना कम रहेको भन्दै आयोगले ‘ह्युमन इन्टिलिजेन्स’ प्रहरीमार्फत प्रभावकारी र नतिजामूलक अनुसन्धान गर्न सरकारलाई निर्देशन पनि दिएकाे थियाे ।



  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार २२:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया