एकीकृत समाजवादीले सल्यानबाट प्रकाश ज्वालालाई उठाउने

नेकपा एकीकृत समाजवादी सल्यानले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाका उम्मेदवारमा प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ ।

खलंगामा बसेको बैठकले पार्टीका कर्णाली इन्चार्ज ज्वालाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यस्तै संघको समानुपातिकमा दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको छ । 

बैठकले प्रदेश ‘क’ र ‘ख’ का लागि ३–३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश ‘क’ मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी, जीवन बिसी र प्रदेश ‘ख’ मा भद्रसिंह बुढा, शारदा परियार र हरि केसीको नाम सिफारिस गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २१:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया