फेरि बढ्दैछ पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने भएको छ । बिहीबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने तयारी गरेको हो । 

इन्धनको मूल्य वृद्धि गर्ने विषयमा भौतिक, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीबीच छलफलसमेत भइसकेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पटकपटक मूल्य घटाएर पठाए पनि निगमले भने इन्धनको भाउ बढाउने तयारी गरेको हो । 

हाल डिजेलको मूल्य प्रतिलिटर १७२, पेट्रोलको मूल्य १८१ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ तोकिएको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ११:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया