महेश बस्नेतले ‘वाइसिएलविरुद्ध मुद्दा दर्ता गर्छु’ भनेपछि अध्यक्ष सेर्पालीले दिए चेतावनी

मंगलबार ‘नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमण भएको’ भन्ने भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । साँझ नेता बस्नेतले उक्त भिडियो आफूसँग सम्बन्धित नभएको र भ्रम फैलाउनेविरुद्ध साइबर अपराधको मुद्दा दायर गर्ने चेतावनी दिए ।

भ्रामक भिडियो भाइरल गर्ने नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का सदस्य रहेको बस्नेतको दाबी छ । वाइसिएलका कार्यकर्ता केशव थुलुङ्ग र एसपी रेग्मीले उक्त भ्रम फैलाएको बस्नेतको आरोप छ । उनले वाइसिएलका कार्यकर्ताविरुद्ध साइबर अपराधको मुद्दा दायर चेतावनी दिइसकेका छन् । 

बस्नेतको चेतावनीपछि वाइसिएलका अध्यक्ष सुबोध सेर्पालीले पनि जवाफ दिएका छन् । बस्नेतले सार्वजनिक रूपमा कसैमाथि जाइलाग्न आदेश दिएको हुनाले वाइएसिएलका कार्यकर्ता आक्रामक बनेको हुनसक्ने अध्यक्ष सेर्पालीको भनाइ छ । 

सामाजिक सञ्जाल र विभिन्न मन्चमा मनपरि बोल्दा बस्नेतलाई कारबाही नहुने तर आफ्ना कार्यकर्ताले रक्षात्मक बन्दा साइबर अपराध हुने कुरा ठीक नभएको अध्यक्ष सेर्पालीको भनाइ छ । 

‘एमालेका नेता महेश बस्नेतले सार्वजनिक रूपमा कसैलाई भौतिक रूपमा नै जाइलाग भनेर जे अभिव्यक्ती दिनुभयो । त्यो पटक्कै ठीक होइन । सामाजिक सञ्जाल र विभिन्न मन्चहरूमा मनपरी बोल्दा उहाँहरूलाई कानुन अनि राज्यले पूरै छुट दिने र अरूलाई नहुने भन्ने हुन्न । यसको मतलब अरूले जे गर्छन् हानी त्यसो गर्न हुन्न भन्नेमा दृढ नै छौँ,’ सेर्पालीले फेसबुकमा लेखेका छन्, ‘हिजोदेखि हाम्रो केही साथीहरूलाई लक्षित गरी साइबरक्राइम वा अन्य मुद्दामा जान्छौं भनेर आएको कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आपसी छलफल गरि बिषयहरू सुल्झाउन सकिन्छ । थप मनमुटावको बाटो रोज्नु कसैको हितमा छैन, बेलैमा सचेत बनौं ।’ 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १२:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया