गौरामा बिरुडा बनाउन अन्नको अभाव
तस्बिर : बिबीसीबाट

सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा घर आँगनमै आइपुगेको छ । गौरा नजिक आएपछि त्यसको तयारी समेत स्थानीयहरू जुटेका छन् । भाद्र शुक्ल पञ्चमी (भदौ १६ गते) बाट सुरु हुने गौरा पर्वको तयारीमा लागेको दशरथ चन्द नगरपालिका वडा नं १ बैतडीकी लक्ष्मी भाटले बताइन् । 

तर यस पटकको गौराको तयारीमा लागेका व्रतालु महिलाहरूलाई बिरुडाको जोहो गर्न मुस्किल भएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा गहत, गुराउँस, गहुँ, मास र केराउलाई मिसाएर बिरुडाको रूपमा भिजाउने चलन रही आएको छ । तर पछिल्लो समयमा गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको सुर्नया ३ की स्थानीय राजमती भट्टले बताइन् । 

उनले भनिन् ‘बिरुडाका लागि आवश्यक पर्ने दालहरू पाउन मुस्किल भएको छ । कतिपयले अहिले गहत, गुराउँस र केराउको खेती गर्न नै छोडी सके । यसले बिरुडाका लागि आवश्यक पर्ने गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको छ ।’

गौराको समयमा बिरुडा बनाउन आवश्यक पर्ने दलहनको जोहो गर्न मुस्किल भएको सुर्नया ६ की हरिना अवस्थीले बताइन् । पहिला पहिला गहत, गुराउँस र केराउको खेती गर्ने चलन रही आएको भए पनि पछिल्लो यसको खेती गर्न छोडिएको छ । त्यसले गर्दा गाउँघरमै बिरुडाको जोहो गर्न मुस्किल भएको छ । 

ग्रामीण क्षेत्रमै बिरुडाको जोहो गर्न मुस्किल भएका बेला सहर बजार नजिकका गाउँहरूमा बजारबाटै किनेर बिरुडा बनाउनुपर्ने बाध्यता रही आएको छ । बिरुडाका लागि आवश्यक पर्ने चीजहरू बजारबाटै किन्नुपर्ने बाध्यता रहेको दशरथ चन्द नगरपालिका ४ की अम्बिका भण्डारीले बताइन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १३:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया