ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने हास्य कलाकार ‘जिग्री’को तयारी

चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

कलाकार कट्टेलले आगामी ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । 

उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका बताइएको छ । उनको उम्मेदवारीका लागि तयार पारिएको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा भने पुग नसकेको कलाकार कट्टेलले बताए । 

‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरूसँग छलफलमा पनि छु’ कट्टेलले भने, ‘छलफल जारी रहँदा नै साथीहरूले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ 

आफू उम्मेदवार बन्ने/नबन्ने निर्णय नभए पनि बन्न सक्ने सम्भावना धेरै रहेको उनले सुनाए । 



उनले उम्मेवदार बने झापा क्षेत्र नम्बर ५ बाट उठ्ने इच्छा रहेको बताए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।



  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया