नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले काठमाडौं–४ बाहेक अन्तबाट उम्मेदवारी दाबी नगरेको बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत बाहिरिएपछि उनले यस्तो बताएका हुन् ।
कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा आफूलाई केही जानकारी नभएको उनको भनाइ छ । महामन्त्री थापाले केही सञ्चारमाध्यममा आफूले काठमाडौं–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचारप्रति अनभिज्ञता प्रकट गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नं १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद !’
काठमाडौं ४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने उल्लेख गर्दै उनले भनेका छन्, ‘मैले काठमाडौं निर्वाचन क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।