एमाले महासचिव पोखरेल बिहीबार बैतडी जाँदै

नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि बिहीबार बैतडी जाने भएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि महासचिव पोखरेल बिहीबार बैतडी जान लागेका हुन् । 

एमालेका केन्द्रीय सदस्य एवं बैतडी सह–इन्चार्ज लीलाधर भट्टले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरेल आउने कार्यक्रम तय भएको बताए । पोखरेलले बैतडीको पाटनमा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर कार्यकर्ता प्रशिक्षण गर्न लागिएको एमाले बैतडीले जनाएको छ ।
 
निर्वाचनको तयारी स्वरुप प्रशिक्षण हुने र प्रशिक्षणमा जिल्लाभरिका नेता–कार्यकर्ताको सहभागिता रहने केन्द्रीय सदस्य भट्टले बताए । कार्यकर्ता प्रशिक्षणको तयारी पूरा भएको उनले बताए ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १९:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया