नयाँ पुस्तामा पढ्ने चलन हरायो, मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाउँछन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि कम हुँदा अध्ययन अनुसन्धानको क्षेत्र कमजोर भएको बताएका छन् । 

पन्ध्रौँ पुस्तकालय दिवसका अवसरमा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्तामा पुस्तक एवं पत्रपत्रिका पढ्ने चलन हराउँदै गएको र मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको उल्लेख गरे ।

‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने क्रम पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने, ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’ 

उनले आधुनिकीकरणका नाममा संस्कार र संस्कृति भुल्ने, पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।

यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ । 

समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २०:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया