बढ्यो राष्ट्रपतिको राजनीतिक सक्रियता, प्रचण्डपछि माधव नेपालसँग पनि परामर्श

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाएकी छिन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएकी राष्ट्रपति भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गरेकी हुन् ।   

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेकी उनले बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग परामर्श गरेकी हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनलाई लिएर राष्ट्रपतिकोमा गएका थिए । 

सोही साँझ भण्डारीले माधव नेपालसँग परामर्श गरेकी छन् । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्नु उपयुक्त हुने नेताहरुलाई सुझाब दिएकी छन् । 

नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोस्रोपटक पनि हुबहु पारित भइसकेको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २१:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया