झलनाथ खनाल भन्छन्- म बुढो भए पनि मेरा विचारहरू जवान छन्

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी एकीकृत समाजवादी भएको बताएका हुन् ।

उनले भने, ‘हाम्रासामु अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टीभित्र पटकपटक विद्रोह भयो ।’

विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले देशको परिवर्तन छापामार र जनयुद्धबाट होइन जनविद्रोहबाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए । 

'एकपछि अर्को पिढी आउँछ तर विचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन, हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ',  उनले भने । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ६:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया