सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ?

पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । 

बैठकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल हुने बताइएको छ । बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रूपमा छलफल भएको थियो ।

यद्यपि बैठक कुनै निष्कर्षमा पुग्न सकेन । यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । 

सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटाैलाकाे संयाेजकत्वमा रहेकाे सिट बाँडफाँट कार्यदलमा कांग्रेसबाट तीन तथा अरू चार दलबाट दुई/दुई जना गरी ११ जना सदस्य छन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ८:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया