‘प्रेमगीत-३’ को हिन्दी ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । आगामी ७ असोजबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार हिन्दी संस्करणको ट्रेलर सार्वजनिक गरिएको हो । 

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । फिल्म निर्देशनमा सन्तोष सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १३:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया