सत्तारुढ गठबन्धनले राष्ट्रियतामाथि खेलबाड गर्यो : सांसद दाहाल

नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

विधेयकमाथि आफ्नो पार्टीको फरक मत रहेको उल्लेख गर्दै उनले फरक मतलाई पनि सम्बोधन गरिनुपर्ने बताए । विधेयकलाई सहमतिको दस्तावेजको रुपमा पारित गरिनुपर्ने उनको भनाइ छ । 

विधेयकलाई विधायन व्यवस्थापन समितिमा बहुमतले पारित गरेको उल्लेख गर्दै उनले समितिमा पनि आफूहरुले गम्भीर असहमति राखेको स्पष्ट पारे । 

नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाउँदै सांसद दाहालले सत्तारुढ गठबन्धनले राष्ट्रियतामाथि खेलबाड गरेको बताए । 
 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १७:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया