खेलकुदमन्त्रीले गरे एकैदिन तीन विद्यालय भवनको उद्घाटन

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वरजंग गहतराज (अथक)ले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्घोष ग्ेका छन् । बिहीबार स्थानीय पूर्वाधार साझेदारी सांसद विकास कोषअन्तर्गत निर्माण भएका विद्यालय भवनको उनले उद्घाटन गरेका हुन् । 

मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्य लिएको बताए । उनले बिहीबार एकैदिन तीनवटा विद्यालयमा निर्मित भवनको उद्घाटन गरेका छन् । 

टिनका छाना विस्थापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियानअन्तर्र्गत राप्ती सोनारी गाँउपालिकाका विभिन्न वडाका ३ वटा विद्यालय भवन उद्घाटन गरिएको हो । 

जसअन्र्तगत मन्त्री अथकले राप्तीसोनारी ६ को  जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गरे । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु–कमैया आधारभूत विद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माविको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । 

उनले ५०० भन्दा बढी विद्यार्थीलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १९:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया