भारतीय जनता पार्टी (भाजपा)का नेता सुखवीरको अज्ञात बन्दुकधारीहरूले गोली हानेर हत्या गरेका छन् । बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको सोरूममा गएका उनलाई करिब पाँचजनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका हुन् ।
पश्चिम गुरुग्रामका डिसिपी दीपक सहारनले सो घटनाबारे जानकारी दिएका छन् । उनी पनि कपडा किन्न सो पसलमा गएका थिए।
भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्वअध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ ।
गुडगाउँ प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।