गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि उनले राजीनामा दिएकी हुन् ।

एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । यद्यपि स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्र भने होइन । केही महिनायता आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् ।   

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।

उनको राजीनामा स्वीकृत भइसकेको छ ।  





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ६:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया