लेस्टरविरुद्ध युनाइटेडको कठिन जित, सान्चोको निर्णायक गोल

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । उसले घरेलु टोली लेस्टर सिटीविरुद्ध १–० को कठिन जित हात पारेको हो ।

किंग पावर स्टेडियममा खेलको २३ औं मिनेटमा जाडोन साञ्चोले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।

उनले मार्कस रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । यो जितसँग‌ै ५ खेलमा ९ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहँदा पराजित लेस्टर समान खेलबाट १ अंकका साथ अन्तिममा छ । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ८:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया