पाकिस्तानमा बाढीको कहरः सिन्धमा बन्यो ताल

घातक बाढीले पाकिस्तानको सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ । नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ ।

तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो । पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ । 

बाढीका कारण दजनौँ मानिस हराइरहेका छन भने ३ हजार ५ सय जना घाइते भएका छन् । बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् । बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । 

राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ । बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ९:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया