पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परीमा २४ घण्टामा कम्तीमा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ । यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ ।
पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घण्टा यतामात्र कम्तीमा पनि १९ जनाको मृत्यु भएको हो ।
यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।
बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घण्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ बालबालिका र अरू सात महिला पनि परेका जानकारी गराइएको छ ।
भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।