१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

एमाले मकवानपुरले गर्‍यो प्रदेशसभा सदस्यको ४ सिटका लागि २३ जनाकाे नाम सिफारिस

नेकपा एमाले मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस गरेकाे छ । एमाले मकवानपुरले प्रदेशसभा सदस्यको ४ सिटका लागि २३ जनाकाे नाम सिफारिस गरेको हो ।


मकवानपुरकाे निर्वाचन क्षेत्र नं. १ (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चा‌लागाई, कमल विष्ट, नारायण सापकाेटा, दीपक न्याैपाने, सीता बिष्ट सिफारिस भएका छन् । 



त्यस्तै, प्रदेशसभा (ख)बाट रघुनाथ खुलाल, श्रीधर पाेखरेल, एकलाल श्रेष्ठ, भाेजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चाैलागाई, आरती पाठक, कुमार केसीको नाम सिफारिस भएको छ ।

एमालेले निर्वाचन क्षेत्र नं. २ (क) बाट बलराम बल, विष्णु ढकाल र चमेली बल र (ख) बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा राेक्का सिफारिस गरेको हो ।



चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीकाे बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीकाे परिपत्रअनुसार उम्मेदवार सिफारिस गरिएकाे नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । 

प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेकाे सिफारिसमा १९ भदौमा बस्ने जिल्ला सचिवालय र २० भदौमा बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित केन्द्रीय र प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाइने जिल्ला सचिव सिग्देलले बताए । 

आज एकैदिन बसेकाे चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीकाे छुट्टाछुट्टै बसेकाे बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी उपसचिव महेश बर्ताैला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूकाे विशेष उपस्थिति रहेकाे थियाे ।



  • प्रकाशित मिति : १७ भदौ, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया