हेटौंडाको हर्नामाडीमा श्यामप्रसाद शर्माको सालिक अनावरण

बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामप्रसाद शर्माको अर्ध कदको सालिक अनावरण गरिएको छ ।

हेटौंडा- १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्यामप्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् । 

सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो मार्क्सवादी विचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्त्वपूर्ण योगदान दिएको बताए । 

समाज परिवर्तनका लागि विचार महत्त्वपूर्ण विषय भएकाले यस्ता अभियन्ताको सधैँ सम्मान गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतले बोल्नुभएको कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष ईन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा भएको हो । 

१९८६ असार ६ गते मकवानपुरको तत्कालीन मन्थली गाविसमा जन्मनुभएका शर्माको एक दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार २०:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया