दक्षिण पश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सो आक्रमणको निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् ।
आक्रमण एक ग्रामीण क्षेत्रमा भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।