ब्रह्मास्त्रको टिकट मूल्य ७५ रुपैयाँ !

बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ । ‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता मात्र होइन, हल सञ्चालक पनि ठूलो घाटामा छन् ।

यहीकारण आगामी सेप्टेम्बर ९ बाट रिलिज हुने रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ हेर्न चाहने दर्शकका लागि हल सञ्चालकले ७५ रुपैंयाँमै टिकट उपलब्ध गराउने भएका छन् ।

मल्टीप्लेक्स एसोसिएसन अफ इण्डिया (एमएआई) र देशभरका थिएटरले १६ सेप्टेम्बरको राष्ट्रिय सिनेमा दिवसको अवसर पारेर ७५ रुपैंयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेका छन् । १६ सेप्टेम्बरमा ४ हजार थिएटर यो राष्ट्रिय सिनेमा दिवसको हिस्सा बन्दैछन् ।

यो दिवस कोरोना महामारीपछि थिएटर खुलेको अवसर पारेर धन्यवाद दिनका लागि मनाइँदैछ । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १३:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया