मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रत्यक्षमा पर्शुराम बस्नेतको नाम सिफारिस
फरकधार / १८ भदौ, २०७९
फाइल तस्वीर

प्रदेशसभा सदस्यमा एमाले नेता पर्शुराम बस्नेतको नाम सफारिस भएको छ । मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रत्यक्षमा बस्नेतको नाम सिफारिस भएको हो । 

शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले बस्नेतसहित रमेश प्र. पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम फिफारिस भएको हो । 

यसअघि बस्नेतको नाम विराटनगरको मेयरमा पनि चर्चामा थियो । सागर थापाको नाममा सहमति भएपछि उनी पछि हटेका थिए ।एमाले खेलकुद महासंघका अध्यक्षसमेत रहेका बस्नेत राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्षसमेत हुन् । उनले पछिल्लो समय मोरङमा राजनीतिक प्रभाव बढाउँदै लगेका छन् ।



सोही निर्वाचन क्षेत्रबाट समानुपातिकामा १३ जनाको नाम सिफारिस भएको छ । जसमा सरस्वती खरेल, मदनकिशोर कामत, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दली रहेका छन् ।



त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ (क)बाट ११ जनाको नाम सिफारिस भएको छ । जसमा गुरु बराल, रीता न्यौपाने, नीरा भगत, युवराज बराल, सत्यनारायण चौधरी, लक्ष्मी फुँयाल, नागेश पोखरेल, पितकुमार श्रेष्ठ, ज्ञानेन्द्र ओझा, हर्कराज परियार र राजीव गौतम रहेका छन् ।

त्यस्तै, समानुपातिकमा सरस्वती भण्डारी, पुष्पा तामाङ, नवराज विष्ट, मनोज मगर नारायणी भण्डारी, मकरबहादुर बुढाथोकी, वेंजु विश्वास र सुनिता कार्की रहेका छन् ।

  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १५:४०:३४,   अन्तिम अपडेट : भदौ १८, २०७९ शनिबार १६:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया