लमजुङबाट प्रदेशसभामा कांग्रेसका ४१ जना आकांक्षी

मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेस लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि ४१ जनाले आकांक्षा व्यक्त गरेका छन् । 

प्रदेश ‘क’ को प्रत्यक्षतर्फ शंकरकान्त जोशी, सुवास पौडेल, रामकृष्ण काडेल र डिकेन्द्रराज कँडेल गरी ४ जनाले आकांक्षा राखेका छन् । प्रदेश ‘ख’ प्रत्यक्षतर्फ आनन्द घिमिरे, शिवराज रिमाल, नवराज न्यौपाने, भेषबहादुर पौडेल, लक्ष्मीकान्त पौडेल, गमप्रसाद गुरुङ र ललितकुमार गुरुङ गरी ६ जनाले आकांक्षा व्यक्त गरेका छन् । 

प्रदेश ‘क’ को समानुपातिकतर्फ टीकाराम पौडेल, खुसीमाया गुरुङ, भिउसेन दमै, खुसीमान गुरुङ, बुधमान गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, प्रकाश चिलुवाल, मुक्तिनाथ दवाडी, सुप्रिया जोशी, विष्णुमाया न्यौपाने धिताल, चिनबहादुर कामी थापा, गोविन्द्रप्रसाद धिताल र हुमराज दवाडी गरी १४ जना आकांक्षी रहेका छन् ।  

प्रदेश ‘ख’को समानुपातिकतर्फ टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी कार्की, हरिप्रसाद गुरुङ, स्थिरबाबु खाती, शैलेन्द्र घिमिरे, गोपाल खाती, भीमबहादुर दुरा, ज्ञानु शाह, गणेशप्रसाद न्यौपाने, बद्रीमान श्रेष्ठ, रघुनाथ गुरुङ, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठ र गोपाल परियार छन् ।

प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ३० जनाले आकांक्षा व्यक्त गरेका हुन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १९:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया